Rule 8
विवरण पेश गर्नु पर्ने
(१) उत्पादकले ऐनको दफा ८ को उपदफा (१) मा उल्लिखित विवरणको अतिरिक्त सूर्तिजन्य पदार्थ सम्बन्धी देहाय बमोजिमका विवरण मन्त्रालय समक्ष प्रत्येक वर्षको श्रावण मसान्तभित्र पेश गर्नु पर्नेछः–
(क) टार र कार्बनमोनोअक्साईडको विवरण,
(ख) नाइट्रोसोमाइन, बेन्जोफाइरिनको विवरण,
(ग) उत्पादकको नाम, ठेगाना र उद्योगको दर्ता नम्बर,
(घ) मूल्य र ब्याच नम्बर,
(ङ) उत्पादन र उपभोगको म्याद सकिने मिति ।
(२) सूर्तिजन्य पदार्थको उत्पादक तथा निकासी र पैठारी गर्ने व्यक्तिले ऐनको दफा ८ को उपदफा (२) बमोजिम आफूले निकासी तथा पैठारी गरेको सूर्तिजन्य पदार्थको देहाय बमोजिमको विवरण प्रत्येक बर्षको श्रावण मसान्तभित्र मन्त्रालय समक्ष पेश गर्नु पर्नेछः–
(क) उत्पादन गरेको परिमाण र उत्पादित स्थान,
(ख) निकासी गरेको परिमाण र निकासी स्थान,
(ग) पैठारी गरेको परिमाण र पैठारी स्थान,
(घ) राजस्व बुझाएको विवरण ।